Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
वचन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक सदस्यहरुको वार्षिक भेला, लघु (सुक्ष्म) बचत तथा कर्जा परियोजना र सहकारी शिक्षा कार्यक्रम, २०८१
२०८१ जेष्ठ १८ गते शुक्रबार काठमाडौं महानगरपालिका–३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक सदस्यहरुको वार्षिक भेला, लघु (सुक्ष्म) बचत तथा कर्जा परियोजना र सहकारी शिक्षा कार्यक्रम, २०८१ सम्पन्न भयो । सो कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका संस्थापक सदस्य तथा बर्तमान अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले “यस संस्थाका संस्थापक सदस्यहरु संस्थाका मेरुदण्ड हुन् र संस्थापकहरुको अमुल्य योगदानले नै हाम्रो यो संस्था आजको यो अवस्थामा पुगेको हो”, भन्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संंस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्यूले हाम्रो यस संस्थालाई बलियो बनाउनलाई लघु कर्जा परियोजनाको आयोजना गर्दै विभिन्न समूूह गठन गरेर सबैको हक हितका लागि सुलभ कर्जा लगानी गर्ने बताउनुभयो । मानव संरचना आकास र धर्तीको सम्बन्ध भए जस्तै मानव जीवनको अपरीहार्य आवश्यकता सामाजिक एंव आर्थिक परिचालन मानव सभ्यताको प्रत्येक महत्वपूर्ण क्षेणहरुले गर्दा जीवन बाचुन्जेल सम्म यी दुई तत्वलाई सहि तरिकाले आत्मासाथ गर्न सक्नुपर्छ । प्राथामिक चरणमा सामाजिक एंव आर्थिक परिवेशमा रही सुक्ष्म वित्त परिचालन सही र व्यवस्थित गर्न सक्नु पर्दछ । त्यसैले संस्थाले आफ्ना सदस्यहरु बीच वैज्ञानिक र अनुशासित तरिकाले बचत तथा कर्जा परिचालन गर्न सक्नुपर्दछ । त्यसकारण सदस्य र संस्था सफल भई सम्रग देशको आर्थिक गतिविधिमा कोशे ढुङ्गा सावित भई देश र जनताको आर्थिक तथा सामाजिक रुपमा सम्वृद्ध हुने विषयमा दुईमत छैन ।
कार्यक्रम सञ्चालन गर्दै त्यसै संस्थाकी संस्थापक सदस्य तथा बर्तमान सञ्चालक एवं ऋण उप–समिति संयोजक श्री शान्ता गौतमज्यूले यस संस्थाका संस्थापक सदस्यहरुलाई प्रत्येक वर्ष भेला गरी उहाँहरुको सल्लाह र सुझाव संंकलन गरेर संस्था सञ्चालनको रणनीति तयार गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. बालाजु शाखाका व्यवस्थापक श्री विष्णु गिरीज्यूले सुक्ष्म बचत तथा ऋण व्यवस्थापनबारे प्रस्तुति गर्नुभयो । त्यस संस्थाका सबै संस्थापक सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा संस्थाका संस्थापक सदस्यहरुले यो संस्थाले गरेको प्रगति र यसले प्रवाह गरिरहेको सेवाप्रति प्रशन्नता व्यक्त गर्दै संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । साथै उहाँहरुले आगामी दिनहरुमा पनि यो संस्थामा आफ्नो साथ रहि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम सम्पन्न भएपछि अलगपथसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले सहकारीमा देखा परेका समस्याको निवारण गरी सहकारीको विकास र प्रवर्द्धनको लागि वचन बचत तथा ऋण सहकारी संस्था लि.ले निकट भविष्यमा सहकारी सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।