Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
सदस्य राहत, बचत नीति तथा कार्यक्रम–२०८० सम्बन्धमा छलफल
यस वचत साकोस संस्थाको संचालक समिति, लेखा समिति र सम्पूर्ण समिति तथा उप–समितिका पदधिकारीज्यूहरु विच छलफल गरी सदस्य राहत दिर्घकालिन बचत तथा ऋण आवधिक बचत खाता र सदस्य राहत नीति तथा कार्यक्रम –२०८१ बारेमा छलफल कार्यक्रम मिति २०८० साल पुस २० गते सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमूख आतिथ्यता यस संस्थाका अध्यक्ष श्री मुकुन्द राज खनाल ज्यूले गर्नु भएको थियो ।कार्यक्रमको सभापतित्व शिक्षा उप–समितिका संयोजक श्री सुरेश धिमाल ज्यूले गर्नु भएको थियो । यस संस्थाका प्रबन्ध निर्देशक डा.देश मर्दन बस्न्यातज्यूले यस सहकारीको वर्तमान एवं भविष्यका कार्यक्रमको औचित्य वारेमा प्रष्ट्याउनु भएको थियो । सो कार्यक्रम संस्थाका शिक्षा उप–समितिका सदस्य श्री कृष्ण प्रसाद डंगोलज्यूले सञ्चालन गर्नु भएको थियो ।