Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
स्नातकोत्तर/एम.फिल र विद्यावारिधि
सहकारी शोधवृत्तिको लागि आवेदनको आह्वान वारे सूचना
वचन बचत तथा ऋण सहकारी संस्था लि ले. सहकारी संग सम्बन्धित विषयमा अनुसन्धान गर्ने स्नातकोत्तर÷एम.फिल र विद्यावारिधि तहका विद्यार्थीको शोधप्रबन्धको लागि गरिने अनुसन्धानलाई सहयोग गर्न प्रतिस्पर्धाको आधारमा छनोट हुने गरी सहकारी शोधवृत्ति प्रदान गर्ने निर्णय मिति २०८०÷०९÷०८ गतेको सञ्चालक समितिबाट भएकोले यस बर्षको लागि योग्य आवेदनको आह्वान गरिएको छ । आवेदन फाराम विश्वविद्यालयबाट स्वीकृत भएको शोधप्रस्ताव र आवेदन फारममा तोकिएको कागजातहरु सहित सूचना प्रकाशित मितिले ३० दिन भित्र वचन बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आई वा आइपुग्ने गरी पठाउनु पर्नेछ । काठमाडौं उपत्यका बाहिरका आवेदकले इमेलबाट तोकिएको अन्तिम मिति भित्र आवेदन पठाउन सक्नेछन् ।सदस्य तथा सदस्यका छोराछोरीलाई विशेष प्राथमिकता दिइने छ ।
आज्ञाले,
संयोजक शिक्षा उप–समिति वचन बचत तथा ऋण सहकारी संस्था लि काठमाडौं–३०, डिल्लीबजार फोन नं.–०१४५३५७७९, ४५३५३२० मोवाइल नं.–९८०१०४२९३० इमेल–dmbasnet@bachansaving.com.np प्रो.नं.– १३७०८,काठमाडौं,नेपाल ।