Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
बागमती प्रदेश अन्तर्गत शाखा स्तरीय सम्मान पुरस्कारहरू शनिवार आयोजित विशेष कार्यक्रम
बचन तथा ऋण सहकारी कारोवारको आधारमा शाखा स्तरीय उत्कृस्ट कारोवार विधामा सम्मानित राष्ट्रिय सहकारी बैंकको गत पुस ३ गते सम्पन्न २१औं वार्षिक साधारण सभाको अवसरमा घोषणा गरिएको बागमती प्रदेश अन्तर्गत शाखा स्तरीय सम्मान पुरस्कारहरू शनिवार आयोजित विशेष कार्यक्रममा वितरण गरिएको छ । संस्थाका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओम देवी मल्ल प्रमुख अतिथि रहनु भएको थियो । उक्त अवसरमा राष्ट्रिय सहकारी बैंकले कारोबारको आधारमा “शाखा स्तरीय उत्कृष्ट कारोबार २०८१÷०८१ विधामा” डिल्लीबजार, काठमाडौं स्थित वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान पत्र प्रदान गरेको हो । बागमती प्रदेश स्तरीय गोष्ठी तथा सदस्य सम्मान कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बचन सहकारीका अध्यक्ष मुकुन्द राज खनाल, प्रखुख कार्यकारी निर्देशक डा.देश मर्दन बस्न्यात, तथा सचिव मनोहरी तिवारीको समेत उपस्थिति रहेको थियो । त्यसैगरी, बागमती प्रदेश अन्तर्गतका अन्य शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गरेका सहकारी संस्थाहरूका प्रतिनिधिहरूलाई पनि प्रमुख अतिथि तथा अतिथिहरूद्वारा दोसल्ला ओढाई कदर पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।