२०८३ जेष्ठ ०३ गते बसेको संचालक समितिको १०३ औ बैठकका निर्णयहरुः

प्रस्ताव नं १ उपर छलफल गर्दा संस्थाको २०८३ साल बैशाख मसान्त सम्मको आर्थिक गतिबिधि (रिपोर्ट) अध्ययन गर्दा सन्तोषजनक रहेको पाइयो साथै आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउनको लागि क्रियाशिल रहने निर्णय गरियो ।

प्रस्ताव नं २ उपर छलफल गर्दा यस संस्थाबाट २०८३/०१/०७ देखि २०८३/०२/०२ गते सम्म लगानी भएको जम्मा ऋण रु. २,०५,९५,०००।–(अक्षरुपी दुई करोड पाँच लाख पन्चानब्बे हजार रूपैयाँ मात्र) लाई अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३ उपर छलफल गर्दा संस्थामा २०८३/०१/०७ गते देखि २०८३/०२/०३ गते सम्ममा जम्मा ४ जना नयाँ शेयर सदस्यहरुले लिनु भएको सदस्यता अनुमोदन गर्ने निर्णय गरियो ।

क्र.सं.शेयर सदस्य नाम थर
विनिशा बलामी
दिपक देवकोटा
प्वित्रा पुनमगर
कृष्टिना तामाङ


प्रस्ताव नं ४
उपर छलफल गर्दा संस्थाको कर्मचारी ऋण व्यवस्थापन उप–समितिको मिति २०८३/०१/०७, २०८३/०१/१३, २०८३/०१/२०, र २०८३/०१/२७ गते बैठक बसी गरेका निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ५ उपर छलफल गर्दा संस्थाको कर्मचारी लेखा व्यवस्थापन उप–समितिको २०८३/०१/०९, २०८३/०१/१६ र २०८३/०१/३० गते बैठक बसी गरेका निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ६ उपर छलफल गर्दा संस्थामा २०८३/०१/०७ गते देखि २०८३/०२/०३ गते सम्ममा खाता बन्दको निवेदन दिई खाता बन्द गर्नु हुने ३ जना सदस्यहरुको खाता बन्द अनुमोदन गर्ने निर्णय गरियो ।

क्र.सं.शेयर सदस्य नाम थर
शारदा देवि मघैया
सरोज अर्याल
कृष्ण कुमारी बुढाथोकी


प्रस्ताव नं ७ उपर छलफल गर्दा नेपाल सरकारले व्यवस्था गरे बमोजिम वचन बचत तथा ऋण सहकारी संस्था लि.लाई कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिन आवश्यकता अनुसारको कागजी प्रक्रिया पुरा गरी कर्जा सूुचना केन्द्र लिमिटेड अनुरोध गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ८ उपर छलफल गर्दा उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री प्रजय पौडेल ज्यूले निजको एकाघरको पिता मुकुन्द राज पौडेलज्यूको नाममा काठमाडौं जिल्ला मनमैजू मालपोत कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स.वडा नं. ५ नक्सा सिट नं. ५ ख कित्ता नं.१२६७ क्षेत्रफल ०–१–२–०, नक्सा सिट नं. ५ ख कित्ता नं.१४१२ क्षेत्रफल ०–१–३–० र नक्सा सिट नं. ५ ख कित्ता नं.१४१३ क्षेत्रफल ०–०–१–० जग्गा यस संस्थाको सिफारिसमा राष्ट्रिय सहकारी बैक लिं.बाट दृष्टि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.५०,००,०००।–(अक्षरुपी पचास लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी ५ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको पिता तथा जग्गा धनी मुकुन्द राज पौडेललाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ९ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री भवानी लामिछाने ज्यूले निजको नाममा काठमाडौ जिल्ला मनमैजु मालपोत कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ६ नक्सा सिट नं. ६ ख कित्ता नं. ७० क्षेत्रफल २–५–२–२ जग्गा यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.२०,००,०००।– (अक्षरुपी बिस लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान भिमसेन लामिछानेलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १० उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री अस्मिता पौडेल ज्यूले निजको नाममा काठमाडौ जिल्ला मनमैजु मालपोत कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ४ नक्सा सिट नं. ४ कित्ता नं. २४० क्षेत्रफल १–१–०–०, नक्सा सिट नं. ४ कित्ता नं. २६१ क्षेत्रफल ०–०–२–० र नक्सा सिट नं. ४ कित्ता नं. २६२ क्षेत्रफल १–०–२–० जग्गा यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको जग्गालाई धितो राखी रु.६०,००,०००।– (अक्षरुपी साठ्ठी लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी ६ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान संजय धिताललाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ११ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री रमेश अधिकारी ज्यूले निजको नाममा काठमाडौ जिल्ला टोखा मालपोत कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला साङ्गला गा.वि.स. वडा नं. ६ नक्सा सिट नं. ६ ख कित्ता नं. ७६ क्षेत्रफल १–१–०–० जग्गा यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.२०,००,०००।– (अक्षरुपी बिस लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी २ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती सरस्वती अधिकारीलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १२ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री नवराज कुंवर ज्यूले निजको एकाघरको आमा मैया कुंवरको नाममा काठमाडौ जिल्ला कलंकी मालपोत कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला टल्कूडुडे चौर गा.वि.स. वडा नं. ७ नक्सा सिट नं. ७ क कित्ता नं. ९१ क्षेत्रफल १–१–०–० जग्गा यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.६,००,०००।– (अक्षरुपी छ लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी ३ महिनाको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरका छोरालाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १३ उपर छलफल गर्दा संस्थामा आवद्ध अस्थायी कर्मचारीहरुले क्रिया विदा तथा महिला कर्मचारीहरुको हकमा सुत्केरी विदाको संस्थाको नियम अनुसारको विदा सुविधा प्राप्त गर्न कार्य प्रारम्भ गरेको (१ वर्ष) पुरा भएको समाजिक सुरक्षा कोषमा आवद्ध भए पश्चात लागू गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १४ उपर छलफल गर्दा संस्थाले तयार गरेको ऋण लगानी तथा असूली नीति तथा रणनीति–२०७९, शंशोधन–२०८२ को बुद्धा नं. १३, बुद्धा नं. १४ र बुद्धा नं. १५ मा व्यवस्था गरिए बमोजिमको पत्र ३–३ पटक सम्बधीत ऋणीलाई बुझाउने गरी ऋण लगानी तथा असूली नीति तथा रणनीति–२०७९, शंशोधन–२०८२ मा थप गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १५ उपर छलफल गर्दा संस्थामा शेयर सदस्यहरुले आवधिक बचत गर्दा निम्न अनुसारको शेयर खरिद गर्नु पर्ने निर्णय गरियो ।

क्र.सं.

आवधिक बचत रकम

खरिद गर्नुपर्ने शेयर

१.

रु.५,०००।– देखि  रु.५,००,०००।– सम्म

रु.५,०००।–

२.

रु.५,००,००१।– देखि  रु.१०,००,०००।– सम्म

रु.१०,०००।–

३.

रु.१०,००,०००।– माथि

रु.२०,०००।–

 

प्रस्ताव नं १६
उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य तोरण बहादुर तिवारीको नाममा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ३ नक्सा सिट नं. ३ ख कित्ता नं. २२७ क्षेत्रफल २–२–३–० र काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ३ नक्सा सिट नं. ३ ख कित्ता नं. २२६ क्षेत्रफल २–२–३–० जग्गा राष्ट्रिय सहकारी बैंक लिं.बाट राक्का राखी लिएको ऋण चुक्ता भइसकेको र संस्थाका शेयर सदस्य डा.देशमर्दन बस्न्यातको नाममा दर्ता रहेको काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ९ नक्सा सिट नं. ९ घ कित्ता नं. १०२९ क्षेत्रफल ०–५–२–३ र काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ९ नक्सा सिट नं. ९ घ कित्ता नं. १०३५ क्षेत्रफल ०–७–२–१ जग्गा राष्ट्रिय सहकारी बैंक लिं.बाट राक्का राखी लिएको ऋण संस्थामा चुक्ता भइसकेको हुदाँ उक्त धितोबाट संस्थाले बैंकलाई संस्थाले बुझाउनु पर्ने सम्पूर्ण रकम संस्थाको खाता बाट कट्टी गरी माथि उल्लेखित दुबै शेयर सदस्यको धिता फुकुवा गरिदिन राष्ट्रिय सहकारी बैंक लिं.लाई अनुरोध गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं १७ उपर छलफल गर्दा संस्थालाई आवश्यक रहेको यातायातको साधन इलेक्ट्रिक स्कुटर खरिद गर्न माग गरिएको ३ वटा कोटेशन अध्ययन गर्दा थप अन्य कोटेशन माग गरी आगामी बैठकमा निर्णय गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं १८ उपर छलफल गर्दा संस्थामा विद्यमान ऋण नीति २०८२ को परिच्छेद ५ को दफा ५.१० मा संस्थाको कुल शेयर पुँजीको १०% (दश प्रतिशत)ले हुन आउने रकम बराबर मात्र १ जना शेयर सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था रहेकोमा उक्त बुद्धालाई संशोधन गरी १ जना शेयर सदस्यलाई संस्थाको कुल शेयर पुँजीको १५% (पन्ध्र प्रतिशत) ले हुन आउने रकम सम्म ऋण लगानी गर्न सकिने व्यवस्था गरी अनुमोदनका लागि १७औ वार्षिक साधारण सभा पेश गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं १९ उपर छलफल गर्दा संस्थालाई आवश्यक रहेको प्रिन्टर १ थान र भ्याकुम क्लिनर १ थान खरिद गर्न सम्बन्धीत कार्यलयहरुसंग ३ वटा कोटेशन माग गरी सबै भन्दा कम मुल्यको कोटेशनलाई छनोट गरी खरिद गर्ने अख्तियारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लाई प्रधान गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं २० उपर छलफल गर्दा यस संस्थाबाट ऋण लिई मासिक रुपमा बुझाउनु पर्ने साँवा, व्याज तथा किस्ता वापतको रकम नियमित नगर्ने निम्न ऋणीहरुलाई ३५ दिने पत्र तयार गरी सम्बन्धीत ऋणीहरुको घरदैलोमा पुगी पत्र बुझाउने निर्णय गरियो । 
  • गौरी प्रसाद उप्रेती   धुम्बाराई–४, काठमाडौं  
प्रस्ताव नं २१ उपर छलफल गर्दा यस संस्थाबाट ऋण लगानी भएका निम्न अनुसारका ऋणीहरुले समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा,व्याज तथा किस्ताको रकम नबुझाइ संस्था संगको सम्झौता बमोजिम ऋण चुक्ता गर्न आउने ३५ दिने पत्र बुझाउदा समेत भुक्तानी हुन नसकेका ऋणीहरुको धितोमा रहेको ४ जना ऋणीहरुको सम्पत्ति लिलाम बिक्री सम्बन्धी ३५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वानको गरीएको सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरियो ।  

क्र.सं.

शेयर सदस्य नाम थर

ठेगाना

गणेश अर्याल

जितपुर–९, काठमाडौं}+

भिमसेन सापकोटा

तारकेश्वर–९, काठमाडौं

नरेश तामाङ

टोखा–१, काठमाडौं


प्रस्ताव नं २२
उपर छलफल गर्दा हाल लेखा व्यवस्थापन उप–समिति नाम रहेकोमा उक्त उप–समितिलाई अब उप्रान्त देखि वित्त व्यवस्थापन उप–समिति नाम परिमार्जन गर्ने निर्णय गरियो ।  
 
प्रस्ताव नं २३ यस संस्थाको आ.व. ०८२÷०८३ तेस्रो त्रैमासिक अन्तरिक लेखा परिक्षकबाट प्राप्त सुझाव, कमी कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता सहित उक्त अन्तरिक लेखा परिक्षकको प्रतिवेदन पारित गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं २४ उपर छलफल गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूबाट संस्थामा भए गरेका विभिन्न कार्यहरु समावेश गरी तयार गरिएको संस्थाको २०८३ चैत्र मसान्त सम्मको प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूले आजको संचालक समितिको बैठकमा प्रस्तुत गरी पारित गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं. २५ उपर छलफल गर्दा संस्थाका शेयर सदस्यहरुले नियमित सदस्य कल्याणकारी योजनामा सहभागी भई सदस्यले ऋण लिदाँ व्याजमा ०.१२% छुट गर्ने र आवधिक बचत जम्मा गर्दा व्याजमा ०.१२% थप गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं २६ उपर छलफल गर्दा संस्थामा रिक्त रहेको बजार प्रतिनिधी पदमा पदपूर्ती गर्न संस्थाको पदपूर्ती उप–समितिलाई जिम्मेवारी दिन निर्णय गरियो ।
 
प्रस्ताव नं २७ उपर छलफल गर्दा संस्थामा सदस्यले जम्मा गर्ने आवधिक बचतमा निम्न अनुसारको व्याजदर प्रदान गरी लागू गर्ने निर्णय गरियो ।

क्र.सं.

शिर्षक

व्याजदर

समय अवधि

आवधिक बचत

८.८७%

१ वर्ष{

जेष्ठ नागरिक बचत

९%

१ वर्ष


प्रस्ताव नं २८
उपर छलफल गर्दा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सहकारी संस्थाको कार्यलय आइतबारको दिन बन्द गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं २९ उपर छलफल गर्दा संस्थाको  विनियम पुनः लेखन २०८३, खरिद तथा आपूर्ति नीति २०८३ र विना धितो ऋण प्रदान कार्यविधि २०८३ तयार गरे वापत Purnika  Legal Consultancy Pvt. Ltd. लाई रु.२०,०००।– (अक्षरुपी बिस हजार रुपैंया मात्र) खर्च भुक्तानी गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं ३० उपर छलफल गर्दा लेखा सुपरिवेक्षण समितिको मिति २०८३ बैशाख १ गते बेठक बसी गरेका निर्णयहरुका बारेका छलफल गरी बैठकबाट प्राप्त सूझावहरुलाई संस्थाका लागू गर्ने निर्णय 
गरियो ।
 
प्रस्ताव नं ३१ उपर छलफल गर्दा संस्थाको १६औ वार्षिक साधारण सभामा घोषिणा भएको वचन फेलोसिप मा श्री सविना श्रेष्ठलाई फेलोसिप घोषणा भए बमोजिमको रु.२५,०००।–(अक्षरुपी पच्चीस हजार रुपैया मात्र) मा कर कट्टी गरी सम्मान गर्ने निर्णय गरियो ।
 
प्रस्ताव नं ३२ उपर छलफल गर्दा आजको बैठकमा अरु कुनै निर्णय गर्न नपर्ने भएकोले आजको बैठक यही अन्त्य गर्ने निर्णय गरियो ।
 

Click here to get quick call