२०८३ भाद्र ०७ गते बस्ने संचालक समितिको १०८औ बैठकका निर्णयहरुः

प्रस्ताव नं १ उपर छलफल गर्दा संस्थाको २०८३ साल श्रावण मसान्त सम्मको आर्थिक गतिबिधि(रिपोर्ट) अध्ययन गर्दा सन्तोषजनक रहेको पाइयो साथै आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउनको लागि क्रियाशिल रहने निर्णय गरियो ।

प्रस्ताव नं २ उपर छलफल गर्दा यस संस्थाबाट २०८३/०४/१० देखि २०८३/०५/०६ गते सम्म लगानी भएको जम्मा ऋण रु. १,००,०५,०००।– (अक्षरुपी एक करोड पाँच हजार रुपैंया मात्र) लाई अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३ उपर छलफल गर्दा संस्थामा २०८३/०४ंं/१० गते देखि २०८३/०५/०६ गते सम्ममा नयाँ शेयर सदस्यहरुले लिनु भएको सदस्यता अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ४ उपर छलफल गर्दा संस्थाको कर्मचारी ऋण व्यवस्थापन उप–समितिको मिति २०८३/०४/१०, २०८३/०४/१८, २०८३/०४/२५ र २०८३/०५/०१ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ५ उपर छलफल गर्दा संस्थाको कर्मचारी लेखा व्यवस्थापन उप–समितिको २०८३/०४/१३, २०८३/०४/२०, २०८३/०४/२७ र २०८३/०५/०३ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ६ उपर छलफल गर्दा संस्थाको कर्मचारी सहायक बजार व्यवस्थापन उप–समितिको २०८३/०४/२२ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ७ उपर छलफल गर्दा संस्थामा २०८३/०४/०९ गते देखि २०८३/०५/०६ गते सम्ममा खाता बन्दको निवेदन दिई खाता बन्द गर्नु हुने ३ जना सदस्यहरुको खाता बन्द अनुमोदन गर्ने निर्णय गरियो ।

  • सुक्र राज पुतुवार
  • सानु माया पुतुवार
  • चन्द्र कुमार भोलोन

प्रस्ताव नं ८ उपर छलफल गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूबाट संस्थामा भए गरेका विभिन्न कार्यहरु समावेश गरी तयार गरिएको संस्थाको २०८३ श्रावण मसान्त सम्मको प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूले आजको संचालक समितिको बैठकमा प्रस्तुत गरी पारित गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ९ उपर छलफल गर्दा यस संस्थाको राष्ट्रिय सहकारी बैंक लिं.मा १ वर्ष समय अवधिको लागि रु. ७५,००,०००।– (अक्षरुपी पचहत्तर लाख रुपैंया मात्र) आवधिक बचत जम्मा गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १० उपर छलफल गर्दा यस संस्थालाई आ.व.०८३।०८४को लागि आवश्यक स्टेशनरी समानहरुको कोटेशन मार्फत न्यून मूल्य कायम भएको ल्।क्। स्टेशनरीलाई भुक्तानी गरीएको रकम रु.२८,९१३।–(अक्षरुपी अठाइस हजार नौ सय तेह्र रुपैंया मात्र) लाई अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ११ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री गोपाल बलामी ज्यूले निजको नाममा काठमाडौं जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं. ८ च (हाल ता.न.पा. वडा नं. ३) कित्ता नं. २१४ क्षेत्रफल ७५१.१३ वर्ग मिटर र काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं. ८ च (हाल ता.न.पा. वडा नं. ३) कित्ता नं. २१२ क्षेत्रफल ५१९.१२ वर्ग मिटर जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो मानी रु.२५,००,०००।– (अक्षरुपी पच्चिस लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी ५ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती कोपिला बलामी लाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १२ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री तारा कुमारी श्रेष्ठज्यूले निजको एकाघरको श्रीमान तिलक कुमार श्रेष्ठको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ०१ नक्सा सिट नं. १ ख (हाल ता.न.पा. वडा नं. ६) कित्ता नं. ७४८ क्षेत्रफल ०–३–०–०, काठमाडौं जिल्ला काभे्रस्थली गा.वि.स. वडा नं. ०६ नक्सा सिट नं. ६ ख कित्ता नं. ५०६ क्षेत्रफल ०–०–०–१, काठमाडौं जिल्ला काभे्रस्थली गा.वि.स. वडा नं. ०६ नक्सा सिट नं. ६ ख कित्ता नं. ५०५ क्षेत्रफल ०–३–०–० र दोलखा जिल्ला दोलखा भुमि प्रशासन कार्यालयमा दर्ता रहेको दोलखा जिल्ला काटाकुटी गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं. १२८१३५९ कित्ता नं. १७९५ क्षेत्रफल ११०५ वर्गमिटर, दोलखा जिल्ला दोलखा भुमि प्रशासन कार्यालयमा दर्ता रहेको दोलखा जिल्ला काटाकुटी गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं. १२८१३५९ कित्ता नं. १७८९ क्षेत्रफल १३०५ वर्गमिटर जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.३०,००,०००।– (अक्षरुपी तीस लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी ५ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान तथा जग्गा धनी श्री तिलक कुमार श्रेष्ठलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १३ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री अम्विका देवकोटाज्यूले निजको एकाघरको ससुरा बुबा मुकुन्द राज पौडेलको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ०५ नक्सा कित्ता नं. १२६७ क्षेत्रफल ०–१–२–०, काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ०५ नक्सा कित्ता नं. १४१२ क्षेत्रफल ०–१–३–० र काठमाडौं जिल्ला धर्मस्थली गा.वि.स. वडा नं. ०५ नक्सा कित्ता नं. १४१३ क्षेत्रफल ०–०–१–० जग्गा राष्ट्रिय सहकारी बैंक लि.बाट दृष्टि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो मानी रु.१०,००,०००।– (अक्षरुपी दश लाख रुपैंया मात्र) मासिक व्याज भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको ससुरा बुबा मुकुन्द राज पौडेल ज्यूलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १४ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री ध्रुव प्रसाद ढकाल ज्यूले निजको एकाघरको श्रीमती कल्पना धितालको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ०४ नक्सा सिट नं. ४ कित्ता नं. ३६१ क्षेत्रफल २७०.५२ वर्ग मिटर जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो मानी रु.५,००,०००।– (अक्षरुपी पाँच लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी ६ महिनाको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती तथा जग्गा धनी कल्पना धिताललाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १५ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री कल्पना धिताल ज्यूले निजको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ०४ नक्सा सिट नं. ४ कित्ता नं. ३६१ क्षेत्रफल २७०.५२ वर्ग मिटर यस संस्थाबाट दृष्टि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो मानी रु.५,००,०००।– (अक्षरुपी पाच लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी ६ महिनाको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान ध्रुव प्रसाद ढकाललाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १६ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री सुजिव महर्जन ज्यूले निजको नाममा ललितपुर जिल्ला लगनखेल मालपोत कार्यालयमा दर्ता रहेको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. ४ नक्सा सिट नं. ४ कित्ता नं. ६७८ क्षेत्रफल ०–६–२–३ र नक्सा सिट नं. ४ कित्ता नं. ६७७ क्षेत्रफल ०–६–२–३ जग्गा यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.५०,००,०००।– (अक्षरुपी पचास लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती सजनी मर्हजनलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १७ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री भिम देवि गजुरेल ज्यूले निजको नाममा ललितपुर जिल्ला लगनखेल भुमि प्रशासन कार्यालयमा दर्ता रहेको ललितपुर जिल्ला लुभु गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं. ८ क कित्ता नं. ३४७१ क्षेत्रफल ०–१–१–२ र नक्सा सिट नं. ८ क कित्ता नं. ३४६५ क्षेत्रफल ०–३–३–२ जग्गा, यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.२५,००,०००।– (अक्षरुपी पच्चिस लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी १ बर्ष समय अवधि राखी ऋण माग गर्नु भएकोले निजका एकाघरका श्रीमान मुकुन्द राज खनाल ज्यूलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १८ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री पुजा तामाङज्यूले निजको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला गोलढुङ्गा गा.वि.स. वडा नं. ०७ नक्सा सिट नं. ७ ग (हाल ता.न.पा. वडा नं. ५) कित्ता नं. ४५७ क्षेत्रफल ०–०–३–० र काठमाडौं जिल्ला गोलढुङ्गा गा.वि.स. वडा नं. ०७ नक्सा सिट नं. ७ ग (हाल ता.न.पा. वडा नं. ५) कित्ता नं. ४३२ क्षेत्रफल ०–२–२–२ जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का राखी उक्त जग्गालाई नै धितो मानी रु.१५,००,०००।– (अक्षरुपी पन्ध्र लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजका एकाघरको श्रीमान श्री खुम राज मगरलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १९ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री रमा बस्नेत लामिछाने ज्यूले निजको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला गोलढुङ्गा गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं.८ ख (हाल ता.न.पा. वडा नं. ५) कित्ता नं. १९३४ क्षेत्रफल ११९.३७ वर्ग मिटर जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का राखी उक्त जग्गालाई नै धितो मानी रु.१०,००,०००।– (अक्षरुपी दश लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी ६ महिनाको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान तेज बहादुर लामिछाने लाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २० उपर छलफल गर्दा उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री ऋषि राम अधिकारी ज्यूले निजको नाममा काठमाडौं जिल्ला मनमैजू भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स.वडा नं. ८ नक्सा सिट नं. ८ घ कित्ता नं.२३८ क्षेत्रफल ०–१४–०–०, नक्सा सिट नं. ८ ख कित्ता नं.१०३ क्षेत्रफल ०–८–०–० र नक्सा सिट नं. ८ ख कित्ता नं.१०५ क्षेत्रफल १–२–०–० जग्गा यस संस्थाबाट दृष्ट्रि बन्दक रोक्का रहेको उक्त जग्गालाई नै धितो राखी रु.२७,००,०००।– (अक्षरुपी सत्ताइस लाख रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती श्री पार्वती अधिकारी लाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २१ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री विवेक अर्याल ज्यूले निजको नाममा सर्लाही जिल्ला हरिवन भुमि प्रशासन कार्यालयमा दर्ता रहेको सर्लाही जिल्ला हरिवन गा.वि.स. वडा नं. ०७ नक्सा सिट नं. ७ कित्ता नं. १०२७ क्षेत्रफल ०–६–२–८ विघा (२०७४.१२ वर्गमिटर) जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का राखी उक्त जग्गालाई नै धितो मानी रु.३०,००,०००।– (अक्षरुपी तीस लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको पिता राम कृष्ण अर्याललाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २२ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री देउमान नेम्वाङ ज्यूले मासिक व्याज भुक्तानी गर्ने सर्तमा रु.४,००,०००।– (अक्षरुपी चार लाख रुपैंया मात्र) १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती रामसली लामा लाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २३ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री रामसली लामा ज्यूले मासिक व्याज भुक्तानी गर्ने सर्तमा रु.३,००,०००।– (अक्षरुपी तीन लाख रुपैंया मात्र) १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान देउमान नेम्वाङलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २४ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री कुल माया लावती ज्यूले मासिक व्याज भुक्तानी गर्ने सर्तमा रु.३,००,०००।– (अक्षरुपी तीन लाख रुपैंया मात्र) १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमान देउमान नेम्वाङलाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २५ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री उद्धव प्रसाद देवकोटा ज्यूले निजको नाममा काठमाडौ जिल्ला मनमैजु भुमि प्रशासन कार्यालयमा दर्ता रहेको काठमाडौं जिल्ला जितपुर गा.वि.स. वडा नं. ०२ नक्सा सिट नं. २ ख (हाल ता.न.पा. वडा नं. ३) कित्ता नं. १९५ क्षेत्रफल ०–१२–१–२ जग्गा यस संस्थाबाट दृष्टि बन्दक रहेको उक्त जग्गालाई नै धितो मानी रु.१९,५०,०००।– (अक्षरुपी उन्नाइस लाख पचास हजार रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती सरस्वती देवकोटालाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २६ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री राम कृष्ण अर्याल ज्यूले निजको एकाघरका छोरा विवेक अर्यालको नाममा सर्लाही जिल्ला हरिवन भुमि प्रशासन कार्यालयमा दर्ता रहेको सर्लाही जिल्ला हरिवन गा.वि.स. वडा नं. ०७ नक्सा सिट नं. ७ कित्ता नं. १०२७ क्षेत्रफल ०–६–२–८ विघा (२०७४.१२ वर्गमिटर) जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का राखी उक्त जग्गालाई नै धितो मानी रु.८,००,०००।– (अक्षरुपी आठ लाख रुपैंया मात्र) मासिक व्याज किस्ता भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको छोरा तथा जग्गा धनी विवेक अर्याल लाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं २७ उपर छलफल गर्दा यस संस्थाले मिति २०८३ भाद्र ०८ गतेबाट लागू हुने गरी बचतका निम्न शिर्षकहरुमा व्याजदर परिवर्तन गरी समायोजन गर्ने निर्णय गरियो ।

क्र.स.

बचतका शिर्षकहरु

न्यूनतम रकम

हालको ब्याजदर

परिवर्तित ब्याजदर

कैफियत

१

स्पेशल बचत खाता

२५,०००/-

५.७५%

५.२५%

 

त्रैमासिक व्याज भुक्तानी

 

२

सुपर स्पेशल बचत खाता

५०,०००/-

६%

५.७५%

मासिक व्याज भुक्तानी

३

सुपर स्पेशल बचत खाता

१०,०००/-

६.२५%

५.५०%

मासिक ब्याज भुक्तानी

४

वचन व्यवसाय समृद्धि बचत खाता

५,००,०००/-

७%

६.७५%

त्रैमासिक व्याज भुक्तानी

प्रस्ताव नं २८ उपर छलफल गर्दा यस संस्थाको जम्मा बचतलाई एभ्ब्च्ीक् विश्लेषण आर्थिक सूचक निर्धारण गरिएको जम्मा सम्पत्तिमा जम्मा बचतको प्रतिशत ७०–८० मापदण्डमा रहने गरी संस्थाले शेयर सदस्यहरुको आवधिक बचत जम्मा गर्ने प्रावधान अनुसार बचत जम्मा गर्ने निर्णय गरियो ।

प्रस्ताव नं २९ उपर छलफल गर्दा यस संस्था लि.को १७ औ वार्षिक साधारण सभामा निम्न अनुसारका प्रस्तावहरु माथि छलफल गरी निर्णयका लागि साधारण सभा समक्ष पेश गर्ने निर्णय गरियो ।

छलफलका बिषयहरु:
१. सञ्चालक समितिको तर्फबाट आ.व. २०८२/०८३ को कार्य प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष ज्यू बाट प्रस्तुत गरी पारित गर्ने सम्बन्धमा ।
२. लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्बन्धमा ।
३. आ.व २०८३/०८४ को आय व्यय तथा अनुमानित विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा ।
४. शेयर सदस्यहरुको तर्फबाट साधारण सभा निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनोट गर्ने सम्बन्धमा ।
५. सञ्चालक समितिको कार्यप्रगति,आर्थिक तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन माथि छलफल गर्ने सम्बन्धमा ।
६. सञ्चालक समितिबाट तयार गरिएका नीति÷कार्यविधिहरु पारित गर्ने सम्बन्धमा ।
७. आ.व २०८३/०८४ को लेखा परिक्षण नियूक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।
८. संस्थाको विनियम,२०६६ शंसोधन गर्ने सम्बन्धमा ।
९. सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा ।
१०. संस्थाका विध्यमान नीति तथा कार्यविधि संशोधन तथा नयाँ नीति /कार्यविधि तयार गर्ने सम्बन्धमा ।
११. संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा सम्पूर्ण उप–समितिहरुको बैठक भत्ता तथा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक सम्बन्धमा ।
१२. २०८२/४/१ देखि २०८३/३/३२ सम्म सञ्चालक समितिको बैठकको निर्णय अनुमोदन तथा स्वीकृत गर्ने सम्बन्धमा ।
१३. आ.व २०८२/२०८३ को ऋणमा ब्याज तथा हर्जना छुट सम्बन्धमा ।
१४.संस्थाको नाममा दर्ता रहेको जग्गा बिक्रि गर्ने सम्बन्धमा ।
१५.विविध ।

प्रस्ताव नं ३० उपर छलफल गर्दा यस संस्था लि.को १७ औ वार्षिक साधारण सभामा सहभागी सदस्यहरुलाई प्रति सदस्य रु.३००।–(अक्षरुपी तीन सय रुपैया मात्र) मा १५% कर कट्टी गरी रु.२५५।–(अक्षरुपी दुई सय पचपन्न रुपैया मात्र) प्रदान गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३१ उपर छलफल गर्दा यस संस्था लि.को १७ औ वार्षिक साधारण सभामा कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि संचालक समितिका सचिव मनोहरी तिवारी ज्यूको संयोजकत्वमा निम्न अनुसारका ३ सदस्य साधारण सभा व्यवस्थापन उप–समिति गठन गर्ने निर्णय गरियो । साथै बैठक भत्ता रु.५००।–(अक्षरुपी पाँच सय रुपैंया मात्र) मा कर कट्टी गरी प्रदान गर्ने निर्णय गरियो ।
संयोजकः मनोहरी तिवारी
सदस्यः शान्ता गौतम
सदस्यः देशराज बन्जारा

प्रस्ताव नं ३२ उपर छलफल गर्दा यस संस्था लि.को १७ औ वार्षिक साधारण सभामा संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्पन्न गर्न अधिवक्ता रामदत्त ओझा ज्यूको संयोजकत्वमा निम्न अनुसारका सदस्यहरु रहने गरी ३ सदस्य निर्वाचन उप–समिति गठन गर्ने निर्णय गरियो । साथै बैठक भत्ता रु.१५००।–(अक्षरुपी एक हजार पाँच सय रुपैया मात्र) मा कर कट्टी गरी प्रदान गर्ने निर्णय गरियो ।
संयोजकः अधिवक्ता रामदत्त ओझा
सदस्यः शिव प्रसाद घिमिरे
सदस्यः रेश्मा कनौजिया

प्रस्ताव नं ३३ उपर छलफल गर्दा यस संस्थाबाट समिति, उप–समितिहरु र कर्मचारीहरुको सिफारिस, धनजमानतमा लगानी भएका ऋणीहरुको २०८३ भाद्र ०५ गते सम्मको यर्थात विवरण आजको संचलक समितिको बैठकमा पेश गरी उक्त ऋणीहरुको रिपोर्ट पेश गरियोे ।

प्रस्ताव नं ३४ उपर छलफल गर्दा यस संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत डा. देशमर्दन बस्न्यातज्यूले उपयोग गर्दै आउनु भएको उहाको नाममा भएको बा.प्र.०२०१६प६९३५ मोटरसाइकल बढी समय अफिसको कार्यमा प्रयोग भएको देखिन आएकोले उक्त सवारी साधन सर्भिसिङ गरे वापत लाग्ने खर्च कार्यलयले व्यहोर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३५ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्यहरुले व्यवसाय संचालन, व्यवसाय वृद्धि गर्ने उद्देश्यले व्यवसायिक ऋण माग गरी उक्त ऋणको समय अवधि १ वर्ष राखी दैनिक (३६५ दिन) व्याज, किस्ता भुक्तानी गर्ने गरी धितो राखी ऋण माग गर्ने सदस्यलाई ५% व्याजदरमा अधिकतम रु.५०,००,०००।–(अक्षरुपी पचास लाख रुपैया मात्र) ऋण लगानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३६ उपर छलफल गर्दा यस संस्थाले संचालन गरिरहेका लघुवित्त समुह मासिक रुपमा बैठक बसी समुह संचालन गर्ने जिम्मेवारी संस्थाका लघुवित्त समुह संचालन गर्ने कर्मचारी मार्फत सोही समुहका सक्रिय सदस्यको खातामा संस्थाले मासिक रु.१००।–(अक्षरुपी एक सय रुपैया मात्र) का दरले बचत गर्दिने गरी सोही सदस्यलाई समुह संचालन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ३७ उपर छलफल गर्दा आजको बैठकमा अरु कुनै निर्णय गर्न नपर्ने भएकोले आजको बैठक यही अन्त्य गर्ने निर्णय गरियो ।

Click here to get quick call