Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
प्रस्ताव नं १ उपर छलफल गर्दा संस्थाको २०८३ साल आषाढ मसान्त सम्मको आर्थिक गतिबिधि(रिपोर्ट) अध्ययन गर्दा सन्तोषजनक रहेको पाइयो साथै आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउनको लागि क्रियाशिल रहने निर्णय गरियो ।
प्रस्ताव नं २ उपर छलफल गर्दा यस संस्थाबाट २०८३/०३/०३ देखि २०८३/०४/०९ गते सम्म लगानी भएको जम्मा ऋण रु. २,९७,५९,४००।– (अक्षरुपी दुई करोड सन्तानब्बे लाख उनान्साठ्ठी हजार चार सय रुपैंया मात्र) लाई अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ३ उपर छलफल गर्दा संस्थामा २०८३/०३ंं/०३ गते देखि २०८३/०४/०९ गते सम्ममा जम्मा ८ जना नयाँ शेयर सदस्यहरुले लिनु भएको सदस्यता अनुमोदन गर्ने निर्णय गरियो ।
०८३ साल आषाढ ०३ गते देखि ०८३ श्रावण ०९ गते सम्म सदस्यता लिनेको नामावली
| क्र.स. | सदस्यको नाम | क्र.स. | सदस्यको नाम |
| १ | भगवती सुवेदी | ५ | लक्ष्मण धो श्रेष्ठ |
| २ | राम माया बस्नेत | ६ | कृणमणी ढुङगाना |
| ३ | मंगल नारायण मघैया धोवी | ७ | न्निता लिम्बु |
| ४ | शारदा देवी मघैया | ८ | अनन्त राज आचार्य |
प्रस्ताव नं ४ उपर छलफल गर्दा संस्थाको कर्मचारी ऋण व्यवस्थापन उप–समितिको मिति २०८३/०४/०४ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ५ उपर छलफल गर्दा संस्थाको कर्मचारी लेखा व्यवस्थापन उप–समितिको २०८३/०४/०७ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ६ उपर छलफल गर्दा संस्थामा २०८३/०२/०३ गते देखि २०८३/०३/०३ गते सम्ममा खाता बन्दको निवेदन दिई खाता बन्द गर्नु हुने ३ जना सदस्यहरुको खाता बन्द अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ७ उपर छलफल गर्दा यस संस्थामा आवद्ध शेयर सदस्यहरुको स्वर्गारोहणमा सदस्य राहत उप–समिति मार्फत ४ जना शेयर सदस्यहरुलाई प्रदान गरिएको मृत्यु राहत खर्च अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ८ उपर छलफल गर्दा यस संस्थामा आवद्ध महिला शेयर सदस्यहरुबाट नवजात शिशूको जन्मउत्सवको उपलक्षमा संस्थाको सदस्य राहतउप–समिति मार्फत २ जना महिला शेयर सदस्यहरुलाई सुत्केरी पोषण भत्ता प्रदान गरिएको अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ९ उपर छलफल गर्दा यस संस्थालाई आ.व.०८३।०८४को लागि आवश्यक स्टेस्नरी समानहरुको ३ वटा कोटेशन माग गरी सबै भन्दा कम मुल्य निर्धारण भएको कोटेशनलाई छनोट गरी स्टेस्नरी समान खरिद गर्ने निर्णय गरियो ।
प्रस्ताव नं १० उपर छलफल गर्दा यस संस्थामा घरदैलो ऋण असुली सहायक पदमा कार्यरत कर्मचारी श्री विशाल महतलाई २०८३ आषाढ महिना बाट लागू हुने गरी मासिक रु. १५००।– (अक्षरुपी एक हजार पाँच सय रुपंैया मात्र) पेट्रोल खर्च प्रदान गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ११ उपर छलफल गर्दा यस संस्था लि.को १७औ बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना गर्ने निर्णय गरिनुका साथै उक्त साधारण सभा सम्बम्धी सूचना सम्पूर्ण सदस्यहरुलाई फोन र पत्रचार मार्फत गरिनुका साथै आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने समेत निर्णय गरियो ।
१७औ बार्षिक साधारण सभा कार्यक्रमः
मितिः २०८३ आश्विन ०३ गते शनिबार
समयः विहान १०ः०० बजे
स्थानः नेपाल सास्कृतिक संघ, डिल्लीबजार, काठमाडौं
प्रस्ताव नं १२ उपर छलफल गर्दा यस संस्थाको आ.व. ०८२।०८३ को लेखा परिक्षण गर्न एस आचार्य एण्ड एसोसिएट्स्का लेखा परिक्षक सि.ए. सागर आचार्यलाई छनोट गरी लेखा परिक्षण शुल्क वापत रकम रु. ………..।– (अक्षरुपी ……………………….रुपैंया मात्र) प्रदान गर्ने गरी आ.व.०८२।०८३ को लेखा परिक्षण गर्न लेखा परिक्षक छनोट गर्ने निर्णय गरियो ।
प्रस्ताव नं १३ उपर छलफल गर्दा यस संस्थाको आ.व. ०८३।०८४ को आन्तरिक लेखा परिक्षण गर्न एस दाहाल एण्ड एसोसिएट्स्का लेखा परिक्षक सि.ए. सुदिप दाहाल लाई छनोट गरी आन्तरिक लेखा परिक्षण गर्न त्रैमासिक रुपमा लेखा परिक्षण शुल्क वापत रकम रु.४०,०००।– (अक्षरुपी चालिस हजार रुपैया मात्र) प्रदान गर्ने गरी निरन्तरता प्रदान गर्ने निर्णय गरियो ।
प्रस्ताव नं १४ उपर छलफल गर्दा सहकारी क्षेत्रमा देखिएका बेथिति, विवाद समाधान तथा कर्जा पुनःप्राप्ति सम्बन्धी कार्यलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन “सहकारी बेथिति, विवाद समाधान तथा कर्जा पुनःप्राप्ति उप–समिति“ गठन गर्ने निर्णय गरियो ।
समितिले सहकारी क्षेत्रका विज्ञ तथा नेपाल सरकारका पूर्व निर्देशक श्री शिव प्रसाद घिमिरे ज्यूलाई उक्त उप–समितिको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ । साथै, देहायबमोजिम उप–समितिका सदस्यहरू मनोनयन गर्ने निर्णय पनि गरिएको छः
सहकारी बेथिति, विवाद समाधान तथा कर्जा पुनःप्राप्ति उप–समिति
१. श्री शिव प्रसाद घिमिरे – संयोजक (सहकारी विज्ञ तथा नेपाल सरकारका पूर्व निर्देशक)
२. श्री मनोहरी तिवारी – सदस्य (सचिव, बचन बचत तथा ऋण सहकारी संस्था लि.)
३. श्री बिमोल भेटवाल – सदस्य (संयोजक, लेखा सुपरिवेक्षण समिति, बचन बचत तथा ऋण सहकारी संस्था लि.)
४. डा. देश मर्दन बस्नेत – सदस्य (प्रमुख कार्यकारी अधिकृत (ऋभ्इ), बचन बचत तथा ऋण सहकारी संस्था लि.)
५. अधिवक्ता रामदत्त ओझा – सदस्य (कानुनी सल्लाहकार, बचन बचत तथा ऋण सहकारी संस्था लि.)
६. श्रीमती शान्ता गौतम – सदस्य (संयोजक, ऋण उप–समिति, बचन बचत तथा ऋण सहकारी संस्था लि.)
७. श्रीमती सीता माया तामाङ – सदस्य (प्रमुख ऋण व्यवस्थापक, बचन बचत तथा ऋण सहकारी संस्था लि.)
उक्त उप–समितिले संस्थामा देखिएका सहकारी बेथिति, सदस्यबीच उत्पन्न विवाद, कर्जा असुली तथा पुनःप्राप्ति सम्बन्धी विषयहरूको अध्ययन, समन्वय, सहजीकरण तथा आवश्यक सिफारिस गरी सञ्चालक समितिलाई प्रतिवेदन पेश गर्ने छ । साथै उप–समितिका संयोजक ज्यूलाई बैठक भत्ता वापत रु. १५००।–(अक्षरुपी एक हजार पाँच सय रुपैया मात्र) र अन्य सदस्यहरुलाई बैठक भत्ता वापत रु. १०००।–(अक्षरुपी एक हजार रुपैंया मात्र) मा कर कट्टी गरी प्रदान गर्ने निर्णय गरियो
प्रस्ताव नं. १६ उपर छलफल गर्दा यस संस्थाका शेयर सदस्य श्री मिन बहादुर लामाज्यूले निजको नाममा नुवाकोट जिल्ला नुवाकोट भुमि प्रशासन कार्यालयमा दर्ता रहेको नुवाकोट जिल्ला मदानपुर गा.वि.स. वडा नं. ०८ नक्सा सिट नं. ८ कित्ता नं.९६९ क्षेत्रफल ४–४–१–० जग्गा यस संस्थाबाट दृष्टि बन्दक रोक्का राखी उक्त जग्गालाई नै धितो मानी रु.८,३५,०००।– (अक्षरुपी आठ लाख पैतिस हजार रुपैंया मात्र) मासिक व्याज मात्र भुक्तानी गर्ने गरी ६ महिनाको समय अवधि राखी ऋण माग गर्नु भएकोले निजको एकाघरको श्रीमती मिन माया राना लाई धन जमानत राखी संस्थाको नियम अनुसार आवश्यक कागजी प्रक्रिया पुरा गरी ऋण लगानी गर्ने निर्णय गरियो ।
प्रस्ताव नं १७ उपर छलफल गर्दा यस संस्थाबाट ऋण लगानी भएका निम्न अनुसारका ऋणीहरुले समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज तथा किस्ताको रकम नबुझाइ संस्था संगको सम्झौता बमोजिम ऋण चुक्ता गर्न आउने ३५ दिने पत्र बुझाउदा समेत भुक्तानी हुन नसकेका ऋणीहरुको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी ३५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वानको गरीएको सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरियो ।
ऋणीहरुको नामावलीः
प्रस्ताव नं १८ उपर छलफल गर्दा यस संस्थाबाट ऋण लगानी भएका निम्न अनुसारका ऋणीहरुले समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज तथा किस्ताको रकम नबुझाइ संस्था संगको सम्झौता बमोजिम ऋण चुक्ता गर्न आउने ३५ दिने पत्र बुझाउदा समेत भुक्तानी हुन नसकेका विना धितोका ७ जना ऋणीहरुको ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरियो ।
| क्र.सं. | शेयर सदस्य नाम | ठेगाना |
| १ | कामना तामाङ | जितपुर–९, काठमाडौं |
| २ | गंगा राम घिमिरे | धर्मस्थली–६, काठमाडौं |
| ३ | राम राजा रिमाल | खड्गभञ्याङ–६, नुवाकोट |
| ४ | राज कुमार प्रधान | गणेस्थान–४, काभ्रे|] |
| ५ | राम बहादुर थापा | फुलखर्क–१, धादिङ |
| ६ | आशंसु घिसिङ | गोसाइकुण्ड–६, रसुवा |
| ७ | विरास खड्का | तपेश्वरी –१ उदयपुर |
प्रस्ताव नं १९ उपर छलफल गर्दा यस संस्थाबाट विभिन्न शिर्षकमा ऋण उपयोग गरी नियमित रुपमा व्याज किस्ता भुक्तानी गर्न नसक्ने ऋणी सदस्यहरुले यथोचित कारण सहित हर्जना छुटको निवेदन दर्ता गर्नु भएका ऋणी सदस्य र संस्थाले सूचना प्रकाशन गरी मिति २०८३ आषाढ १५ गते सम्म सम्पूर्ण ऋणी सदस्यहरुलाई छुट गरिएको हर्जना अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २० उपर छलफल गर्दा यस संस्थाका शेयरको व्यवसाय वृद्धि तथा बैकिङ प्रणाली विकास गर्ने उद्देश्यले खुद्रा व्यवसाय संचालन गरिरहेका शेयर सदस्यज्यूहरुलाई निशुल्क त्तच् क्तबलम वितरण गर्र्नेे निर्णय गरियो ।
प्रस्ताव नं २१ उपर छलफल गर्दा नापी कार्यालयबाट नयाँ व्यवस्था कायम भए बमोजिम नापी नक्सा अनलाइन प्रणाली मार्फत ग्कभच ल्बmभ र एबककधयचम को प्रयोग गरी कार्यालयबाट नै निकाल्ले व्यवस्था भएको हुदाँ सोहि अनुसार अगाडि बढने निर्णय गरियो ।
प्रस्ताव नं २२ उपर छलफल गर्दा यस संस्थाको विध्यमान विनियम २०६६ लाई सहकारी ऐन २०७४,संशोधन समेतलाई मध्यनजर गरी आवश्यकता अनुसार संशोधन गरी आगामी १७औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २३ उपर छलफल गर्दा यस संस्थामा आवद्ध शेयर सदस्यहरुको बचत फिर्तालाई सुविधा प्रदान गर्ने उद्देश्यले संस्थामा कार्यरत बजार सहायक व्यवस्थापक श्री सुदिप धिताल ज्यूको यस संस्थाको बचत खातामा जम्मा हुने गरी रु. ५००,०००।– (अक्षरुपी पाँच लाख रुपैया मात्र) पेश्की प्रदान गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २४ उपर छलफल गर्दा यस संस्थाले संचालन गर्न लागेको Mobile Banking सेवालाई सूचारु गर्न संस्थाको नाममा १ थान NTC SIM Card खरिद गरी उपयोग गर्ने जिम्मेवारी संस्थामा कार्यरत बजार सहायक व्यवस्थापक श्री सुदिप धिताल ज्यू लाई प्रदान गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २५ उपर छलफल गर्दा यस संस्था लि.का शेयर सदस्यहरुलाई राष्ट्रिय सहकारी बैंक लि.संगको सहकार्यमा निम्न अनुसारका शिर्षकमा निम्न अनुसारको व्याज दरमा मासिक किस्तामा ऋण भुक्तानी गर्ने गरी राष्ट्रिय सहकारी बैंक लि.मा धितो रोक्का रहने गरी संस्थाले आफ्नो नीति नियम परिधी भित्र रही १ वर्ष देखि १० वर्ष सम्मको समय अवधि राखी दिर्घकालिन ऋण शिर्षकमा ऋण लगानी गर्ने निर्णय गरियो ।
तपशिल
| सि.न. | ऋणका शिर्षक | व्याजदर |
| १. | सुनौलो व्यवसाय सहकारी ऋण | ७.५% |
| २. | सरल व्यवसाय सहकारी ऋण | ७.५% |
| ३. | खुद्रा व्यापार व्यवसाय सहकारी ऋण | ७.५% |
| ४. | साना कृषि व्यवसाय परियोजना सहकारी ऋण | ७.५% |
प्रस्ताव नं २६ उपर छलफल गर्दा यस संस्थाकोे स्टोर कोठमा CCTV Camera जडान गर्न सम्बन्धीत फर्म÷कम्पनीसंग कोटेशन माग गरी न्यूनतम मुल्य निधारण भएको फर्म÷कम्पनीलाई छानोट गरी CCTV Camera जडान गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २७ उपर छलफल गर्दा यस संस्थाबाट विभिन्न शिर्षकमा ऋण लिई नियमित व्याज, किस्ता भुक्तानी गर्न नसक्ने र ऋणको पुर्ण भाखा सकिएका ऋणीहरुलाई हर्जना छुट सम्बन्धी कार्यविधि तयार गर्न संस्थाका कानुनी सल्लाहकारलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २८ उपर छलफल गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूबाट संस्थामा भए गरेका विभिन्न कार्यहरु समावेश गरी तयार गरिएको संस्थाको २०८३ जेष्ठ र आषाढ मसान्त सम्मको प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूले आजको संचालक समितिको बैठकमा प्रस्तुत गरी पारित गर्ने निर्णय गरियो ।
प्रस्ताव नं २९ उपर छलफल गर्दा यस संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलब खाता प्राइम कमर्सियल बैंक लिमिटेडको बागबजार शाखामा खाता खोली २०८३ श्रावण महिनाबाट सोही बैंकमा तलब जम्मा गरिने निर्णय गरियो ।
प्रस्ताव नं ३० उपर छलफल गर्दा यस संस्थाका संचालक समिति, उप–समितिहरू तथा कर्मचारीहरूको सिफारिस, धनजमानत र एकाघर परिवारको नाममा उपयोग गरिएको ऋणको अवस्था बारे मासिक रूपमा रिपोर्ट तयार गरी प्रत्येक मासिक बस्ने संचालक समितिको बैठकमा पेश गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ३१ उपर छलफल गर्दा यस संस्थामा कार्यरत कर्मचारीहरुलाई सवारीका साधन खरिद गर्न आवश्यक ऋण कर्मचारी सहुलियत ऋण शिर्षकमा १ देखि ५ बर्ष सम्मको समय अवधि राखी मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी ७% व्याजदरमा लगानी गर्ने निर्णय गरियो ।
प्रस्ताव नं. ३२ उपर छलफल गर्दा आजको बैठकमा अरु कुनै निर्णय गर्न नपर्ने भएकोले आजको बैठक यही अन्त्य गर्ने निर्णय गरियो ।