देशमा छरिएर रहेको स-साना बचत रकम लाई संकलन गरी पुँजी निर्माण गरेर सदस्यहरुलाई ऋण प्रदान तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी थोरै भए पनि देश विकास तथा बेरोजगारी समस्यालाई कम गरी आर्थिक तथा सामाजिक विकासमा टेवा प्याउने उद्धेश्यले यो संस्थाको स्थापना वि. सं. २०६६ सालमा भएको हो । प्राध्यापक, शिक्षक, कर्मचारी, व्यापारी, अर्थविद, कानुनीविद, बैंकर्स समाजसेवी, स्वास्थ्यकर्मी, किसान आदि विभिन्न क्षेत्रका व्यक्तिहरुको आबद्धतामा यसको स्थापना भएको हो।

“हाम्रो बचन नै सुरक्षति बचत तथा लाभ” भन्ने नारा लाई साथ दिनु हाम्रो प्रत्येक सदस्यहरुको कर्तव्य भएको र सबै सदस्यहरुको तथा समाजको हक हितको काममा सदा दत्तचित्त भई लाग्ने पवित्र उद्देश्यले यस संस्थालाई यहाँहरु माझ राखेका छौ । नेपाल सरकारको सहकारी ऐनमा उल्लेख भए बमोजीमका सबै कागजात तथा सर्तहरु पुरा गरी विधिवत रुपमा दर्ता भई यो संस्था संञ्चालनमा आएको कुराहरु पनि यहाँहरु सबैलाई सहर्ष जानकारी गराउँछौ । यस संस्थासँग आबद्ध रहने सबै सदस्य माहानुभावहरुबाट सहकारीको सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाको विकासमा सक्रिय सहयोग एवं सहभागी हुने आशा एवं विश्वास यस संस्थाले राखेको छ । सहकारी ऐन २०७४ संशोधन सहितको भावना बमोजीम सहकारी सिद्धान्त अनुरुप कार्य गर्दै जाने यस संस्थाको प्रतिबद्धता सर्वसाधारण तथा सम्पुण शेयर सदस्य महानुभावहरु सामु जाहेर गर्दछौ । आज यस संस्थाको दृढ बचनले सानो बचतको भविष्यमा ठुलो आर्थिक तथा सामाजिक समस्या टार्न सकिन्छ । त्यसैले हाम्रो बचन सम्झनुहोस।

उद्धेश्यहरू:

  • सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न विभिन्न किसिमका व्यवसायीक कार्यक्रमहरु सञ्चान गर्ने ।
  • नियमीत रुपमा बचत संकलन गर्ने र निक्षेपमा बचत कर्तालाई सहज तथा सरल ढंगले व्याज प्रदान गर्ने।
  • समान उद्धेश्य भएका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरुसँग सहयोगात्मक क्रियाकलाप गर्ने।
  • सदस्य तथा सदस्यका परिवारको स्वास्थ्य तथा शैक्षिक विकास हुने खालको दीर्घकालीन कार्यक्रमहरु संचालन गर्ने।
  • उत्पादनशील, आयमुलक, सिपमुलक सहुलियत दरमा ऋण प्रदान गर्ने।
  • कृषि, स्वास्थ्य, शैक्षिक, यातायात, घर निर्माण, साना उद्योग, व्यापार, घरायसी उपकरण सामाजीक कार्य र अन्य क्षेत्रमा लगानी गरी सदस्यहरुको सेवा गर्ने।
  • सहकारीको महत्व स्थापित गर्दै सदस्यहरुको दैनिक जीवनको विविध क्षेत्रमा सहयोग गर्ने।
  • शिक्षा, स्वास्थ्य, गाँस, वास, कपास जस्ता आधारभुत कुराहरुलाई प्राथमीकता दिएर लगानी प्रवर्द्धन गर्ने ।
  • सदस्यहरुको हकहितलाई ध्यानमा राखी आधुनिक प्रविधिको माध्यमबाट सर्वसुलभ सेवा प्रदान गर्ने ।
  • रोजगार तथा उत्पादनमुलक व्यवसायलाई प्राथमिकता प्रदान गर्ने।
  • अन्य वित्तिय संस्थाहरु सँग सहकार्य गरी सामुहिक आर्थिक क्रियाकलाप गर्ने।