Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा खल्ती नियमित बचत “खुत्रुके बचत“ खाता–२०८१ शुभारम्भ
वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मिति २०८१ फागुन २९ देखि २०८१ चैत्र १ र २ गतेसम्म आयोजित अध्ययन अवलोकन भ्रमणको क्रममा २०८१ चैत्र १ गतेबाट लागू हुने गरी खल्ती नियमित बचत “खुत्रुके बचत“ खाता–२०८१ शुभारम्भ गर्यो । कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष श्री मुकुन्द राज खनालज्यूले गर्नु भएको थिए । साथै, संस्थाका संचालक समितिका पदाधिकारीहरू र हाँस्य कलाकार उत्तम अर्यालज्यूको आतिथ्यतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्दै खल्ती नियमित बचत “खुत्रुके बचत“ खाता–२०८१ को बारेमा विस्तृत जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका संचालक सदस्य र ऋण उपसमिति संयोजक श्री शान्ता गौतमज्यूले सहकारी संस्थाबाट प्रदान हुने ऋणको बारेमा जानकारी दिनुभयो । कार्यक्रमको संचालन संस्थाका सचिव श्री मनोहरी तिवारीज्यूले गर्नुभएको थियो । प्रमुख अतिथि श्री मुकुन्द राज खनालज्यूले अध्ययन अवलोकन भ्रमणमा सहभागी २८ जना सदस्यलाई सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
खल्ती नियमित बचत “खुत्रुके बचत“ खाता–२०८१ बालबालिका र युवाहरुलाई बचतको महत्व सिकाउनका लागि तयार गरिएको एक अभिनव पहल हो । यो खाता १६ वर्ष मुनिका बालबालिका र २५ वर्षसम्मका युवाहरूका लागि विशेष रूपमा तयार गरिएको हो, जसले भविष्यमा वित्तीय नेतृत्वको तयारी गर्न मद्दत गर्दछ र साना रकम बचत गरेर वित्तीय बानीहरूको विकासमा योगदान पुर्याउँछ ।
यस खातालाई खोल्नका लागि अभिभावक वा संरक्षकले सहकारी संस्थाको सदस्यता लिनु पर्नेछ । खाता खोल्नका लागि बालबालिकाको जन्मदर्ता प्रमाणपत्र, अभिभावक वा संरक्षकको परिचयपत्र र सहकारी संस्था सँगको सदस्यता शेयर प्रमाणपत्र आवश्यक पर्नेछ । यस खाताले साना रकम बचत गर्न सरल र सस्तो माध्यम प्रदान गर्दछ र कुनै मासिक शुल्क वा लेनदेन शुल्क छैन । साथै, ९% ब्याजदरले बचतलाई वृद्धि गर्छ र वित्तीय साक्षरता सामग्री उपलब्ध गराइन्छ ।
सदस्यको सुविधा अनुसार, ६ महिनामा वा १ वर्षमा कर्मचारीहरूले घरदैलोमा पुगेर खाता खोल्ने सेवा पनि उपलब्ध हुनेछ । डिजिटल माध्यमबाट (QR CODE) पनि बचत रकम जम्मा गर्न सकिने सुविधा प्रदान गरिएको छ । बालबालिकाको खाता अभिभावक वा संरक्षकको पूर्ण नियन्त्रणमा रहनेछ र १६ वर्ष पुगेपछि खाता वयस्कको रूपमा रूपान्तरण हुनेछ ।
यस खातामा बालबालिका र किशोर किशोरीहरूले ६ महिना भित्र १०,००० रुपैयाँ र १ वर्ष भित्र २०,००० रुपैयाँ बचत गरे बापत संस्थाको स्थापना दिवसमा नगद पुरस्कार प्राप्त गर्नेछन् । खाता सम्बन्धी कुनै पनि जिज्ञासा वा सहायता प्राप्त गर्नका लागि सदस्य सेवा कर्मचारी वा सहायता कक्षा सँग सम्पर्क गर्न सकिने छ । यस पहल मार्फत, वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी पुस्तालाई वित्तीय व्यवस्थापनको महत्व बुझाउने र उनीहरूलाई वित्तीय अभिरुचिको विकास गर्ने लक्ष्य लिएको छ ।
(राष्ट्रिय सहकारी बैंक लि.को “शाखा उत्कृष्ट पुरस्कार २०८०÷०८१” प्राप्त गर्न सफल )