Bachan Saving and Credit Co-operative (SACCOS) Ltd. is a primary Cooperative registered in 2008 at the Division Cooperative Office, Government of Nepal under the Co-operative Act, 1992. The philosophy of this organization is that owners and beneficiaries are the same on the basis of democratic practice; membership is voluntary, persuading empathy, mutual respect, self-help, and one member one vote.
वचन साकोसद्वारा संरक्षित फिर्ता कोषको रकम सदस्यहरुलाई हस्तान्तरण
काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी ऐन,२०७४, सहकारी नियमावली,२०७५ र संस्थाको विनियम अनुसार आर्थिक वर्ष २०७८/०७९ को संरक्षित पूँजी कोषमा छुट्याएको रकम शेयर सदस्यहरुको खाता पठाएको सोही संस्थाका प्रबन्ध निर्देशक डा. देशमर्दन बस्न्यातले अलगपथलाई बताउनुभयो । उहाँले उक्त आर्थिक वर्षमा जरिवाना रकम बुझाउन नपरेका, संस्थामा मासिक रुपमा नियमित रु.१०० जम्मा गरेका र व्याज तथा हर्जना छुट गर्न नपरेका शेयर सदस्यहरुलाई बचत कारोबारका आधारमा ४० प्रतिशत र ऋण कारोबारका आधारमा ६० प्रतिशत संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
उक्त संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा रु.२० लाख छुट्याएको जनाएको छ । त्यस आर्थिक वर्षमा गरेको कारोबारका आधारमा सो संस्थाका शेयर सदस्यहरुमध्ये सबैभन्दा बढी नवीन कार्कीले रु.६८,४६२, मिनु पाठकले रु.६६,५४१ र थिरबहादुर वाइबाले रु.५३,१५० संरक्षित पूँजी फिर्ता कोषको रकम प्राप्त गरेको बताइएको छ ।
स्हकारीको सिद्धान्त , मूल्य र मान्यतालाई अवलम्बन गरि सञ्चालन भइरहेको सो संस्थामा गत असार मसान्तसम्म कूल सम्पति रु.२९,३५,०९,४०८ रहेको थियो ।
यो संस्थाले वचन समृद्ध बचत खाता सञ्चालन गरिरहेको छ ।