वचन साकोसद्वारा संरक्षित फिर्ता कोषको रकम सदस्यहरुलाई हस्तान्तरण

काठमाडौं डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी ऐन,२०७४, सहकारी नियमावली,२०७५,संरक्षित पूँजी फिर्ता कोष सञ्चालन कार्यविधि,२०७७ संस्थाको विनियम अनुसार आर्थिक वर्ष २०८०/०८१ को संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको रकम शेयर सदस्यहरुको खाता पठाएको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्युले बताउनु भयो । उहाँले उक्त आर्थिक वर्षमा जरिवाना रकम बुझाउन नपरेका, संस्थामा मासिक रुपमा नियमित रु.१००/– जम्मा गरेका र व्याज तथा हर्जना छुट गर्न नपरेका शेयर सदस्यहरुलाई बचत कारोबारका आधारमा ४०% प्रतिशत र ऋण कारोबारका आधारमा ६०% प्रतिशत संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरिएको जानकारी दिनुभयो ।

उक्त संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा संरक्षित पूँजी फिर्ता कोषमा रु. ७,६२,८०१।–(अक्षेरुपी सात लाख बैसठ्ठी हजार आठ सय एक रुपैंया मात्र ।) छुट्याएको जनाएको छ । त्यस आर्थिक वर्षमा गरेको बचत तथा ऋण कारोबारका आधारमा सो संस्थाका शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम उहाँहरुको खातामा जम्मा गरेको जानकारी गराउनु भयो ।

Click here to get quick call