वचन बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको बैठकको निर्णयहरु

श्री शेयर सदस्य महानुभावज्यूहरु,
वचन बचत तथा ऋण सहकारी संस्था लि.
डिल्लीबजार–३०, काठमाडौं ।

२०८२ श्रावण १६ गते बसेको संचालक समितिको ९३ औ बैठकको निर्णयका निर्णयहरुको संक्षिप्त विवरण सम्पादन गरिएको छ ।

निर्णयहरूः

प्रस्ताव नं.१ शेयर बचत खातामा दिदै आएको व्याजदर आजका मिति २०८२०४।१६ देखी १०% (दश प्रतिशत) कायम गर्ने निर्णय गरियो ।

प्रस्तात नं. २ राष्ट्रिय सहकारी बैंक लि.बाट बाह्य ऋण परिचालन गर्नको लागि संस्थाले “व्यक्तिगत सम्पती धितो राख्ने सदस्यको सम्मान तथा सुविधा नीति,२०८२” पारित गरि सोही अनुसार गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ३ धादिङ जिल्ला कल्लेरी गा.वि.स.वडा नं. २ की मुना कार्कीलाई ऋण चुक्ता गर्न आउने तथा धितोमा रहेको सम्पति लिलाम बिक्री सम्बन्धी ३५ दिने गोप्य शिलबन्धी पत्र आह्वान गरिएको सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं.४ दैनिक बचत संकलनको लागी एक थान ऋयििभअतष्यल त्बउ कोटेशन मार्फत खरिद गर्नेे निर्णय गरियो ।

प्रस्ताव नं.५ राष्ट्रिय सहकारी बैंक मार्फत लिइने ऋणको लागि प्रकिया पुरा गर्दा लागेको सम्पूर्ण खर्च जम्मा रु.९५,६७८।–(अक्षरुपी पन्चान्ब्बे हजार छ सय अठहत्तर रुपैंया मात्र ।)अनुमोदन गर्ने निर्णय गरियो । संस्थाले संचालक समितिले प्रमुख कार्यकारी अधिकृत देशमर्दन बस्न्यात, सचिव मनोहरि तिवारी र शेयर सदस्य मुकुन्द पौडेल समेत गरी जम्मा रु.२,००,००,०००।–(अक्षरुपी दुई करोड रुपैंया मात्र ।) राष्ट्रिय सहकारी बैंक लि.बाट ऋण लिई संस्थाका शेयर सदस्यहरुलाई ऋण प्रभाह गर्ने निर्णय गरियो । तर सदस्य मुकुन्द पौडेल ज्यूको नाउँमा स्वीकृत ऋण सबै निजले उपयोग गर्ने गरी संचालक समितिले निर्णय पारित गर्याे ।

प्रस्ताव नं.६ “सदस्य ऋणी जमानतदार र सहकारी संस्था बीच हुने त्रिपक्षीय जमानत सम्झौता फारम २०८२”को ढाचाँ निर्णय पुस्तिकाको पछाडि टास गरि लागु गर्ने निर्णय गरियो ।

प्रस्ताव नं.७ यस संस्था मार्फत लगानी हुने कर्जा व्याजदर २०८२।०४।१८ देखी लागु हुने गरि १४% कायम हुने निर्णय गर्ने निर्णय गरियोे । यस भन्दा अगाडि दिएका ऋणको व्याज दर यथावत रहने समेत बैठकले गरी निर्णय गरियो ।

प्रस्ताव नं.८ राष्ट्रिय सहकारी बैंक लि.बाट आवधिक बचत जमानीमा लिएको ऋण रु.५०,००,०००।– (अक्षेरुपी पचास लाख रुपैंया मात्र ।)चुक्ता गर्ने अनुमोदन गरियो ।

प्रस्ताव नं.९ राष्ट्रिय सहकारी बैंक लि. तथा वित्तिय संस्थामा अधिकतम २,००,००,०००।–(अक्षरुपी दुई करोड रुपैंया मात्र ।) सम्म आवधिक बचत गर्ने निर्णय गरियो ।

प्रस्ताव नं.१० संस्थाको १६औं वार्षिक साधारण सभा २०८२।०५।२८ गते गर्ने निर्णय अनुमोदन गरियो । राष्ट्रिय दैनिक पत्रिकामा १६औं वार्षिक साधारण सभा २०८२ सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय समेत गरियो ।

प्रस्ताव नं.११ भाखा नागेको ऋणीहरुले व्याज तथा हर्जना नतिर्ने ऋणीहरुसम्बन्धी मिति २०८२।०४।१६ गते को बैठकको निणर्यसहित अघिल्लो निर्णयहरुलाई निरन्तरता दिनुको, साथै किस्ता तथा व्याज नियमित रुपमा भुक्तानी नगर्ने ऋणीहरुलाई ताकेता गर्ने निर्णय गरियो । आजको बैठकमा थप विषयमा छलफल नभएकोले बैठक समापन भएको निर्णय गरियो ।


आज्ञाले,
मनोहरि तिवारी
सचिव

Click here to get quick call