२०८२ फाल्गुन १ गते बसेको संचालक समितिको १००औ बैठकका निर्णयहरु

प्रस्ताव नं १ उपर छलफल गर्दा संस्थाको २०८२ साल माघ मसान्त सम्मको आर्थिक गतिबिधि(रिपोर्ट) अध्ययन गर्दा सन्तोषजनक रहेको पाइयो साथै आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउनको लागि क्रियाशिल रहने निर्णय गरियो ।

प्रस्ताव नं २ उपर छलफल गर्दा यस संस्थाबाट २०८२/१०/०५ देखि २०८२/११/०१ गते सम्म लगानी भएको जम्मा ऋण रु. १,४५,७१,०००।– (अक्षरुपी एक करोड पैँतालिस लाख एकहत्तर हजार रुपंैया मात्र) लाई अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३ उपर छलफल गर्दा संस्थामा २०८२/१०/५ गते देखि २०८२/११/०१ गते सम्ममा जम्मा ५ जना नयाँ शेयर सदस्यहरुले लिनु भएको सदस्यता अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ४ उपर छलफल गर्दा संस्थाको कर्मचारी ऋण व्यवस्थापन उप–समितिको मिति २०८२/१०/०६, २०८२/१०/१२, २०८२/१०/१८ र २०८२/१०/२५ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ५ उपर छलफल गर्दा संस्थाको कर्मचारी लेखा व्यवस्थापन उप–समितिको २०८२/१०/०६, २०८२/१०/१४, २०८२/१०/२१ र २०८२/१०/२८ गते बैठक बसी गरेका निणर्य अनुमोदन गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ६ उपर छलफल गर्दा यस संस्थाको १७औ स्थापना दिवसको उपलक्ष्य विभिन्न कार्यक्रम आयोजना गरी संस्था स्थापना दिवस मनाउने निर्णय गरियो ।

प्रस्ताव नं ७ उपर छलफल गर्दा यस संस्थाका ६ जना सदस्य महानुभावज्यूहरुले विभिन्न शिर्षकमा माग गर्नु भएको ऋण रकम १,७७,००,०००।– (अक्षरूपी एक करोड सतहत्तर लाख रुपैया मात्र) स्वीकृत गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ८ उपर छलफल गर्दा यस संस्थाबाट ऋण लिई मासिक रुपमा बुझाउनु पर्ने साँवा तथा व्याज तथा किस्ता वापतको रकम नियमित नगर्ने ९जना ऋणीहरुलाई ३५ दिने पत्र तयार गरी सम्बन्धीत ऋणीहरुको घरदैलोमा पुगी पत्र बुझाउने निर्णय गरियो ।

प्रस्ताव नं ९ उपर छलफल गर्दा यस संस्थाबाट ऋण लगानी भएका निम्न अनुसारका ऋणीहरुले समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज तथा किस्ताको रकम नबुझाइ संस्था संगको सम्झौता बमोजिम ऋण चुक्ता गर्न आउने ३५ दिने पत्र बुझाउदा समेत भुक्तानी हुन नसकेका ३ जना ऋणीहरुको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी ३५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वानको गरीएको सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १० उपर छलफल गर्दा यस संस्था लि.को घरदैलो ऋण असूली कार्यदलको मिति २०८२।१०।१३ गतेका दिन बैठक बसी गरिएका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ११ उपर छलफल गर्दा यस संस्था लि.को पदपुर्ती समितिको मिति २०८२।१०।०६ गतेका दिन बैठक बसी श्री लक्ष्मी श्रेष्ठ ज्यूलाई बजार प्रतिनिधि पदमा नियूक्ति दिने निर्णय भएकोले उक्त निर्णयलाई अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १२ उपर छलफल गर्दा यस संस्थाले साना व्यवसायीलाई मध्येनजर राख्दै नियमित मासिक किस्ता वापत रु.८३३३।– (अक्षरुपी आठ हजार तिन सय तेत्तिस रुपैया मात्र) भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी रु. ९५,०००।– (अक्षरुपी पन्चानब्बे हजार रुपैंया मात्र) १०% (दश प्रतिशत) व्याजदरमा “खुद्रा व्यवसाय ऋण” शिर्षकमा ऋण लगानी सुचारु गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १३ उपर छलफल गर्दा यस संस्थाबाट स–साना ऋण लिई सामुहिक रुपमा व्यवसाय संचालन गर्न आवश्यक पर्ने सदस्यहरुले मासिक व्याज मात्र भुक्तानी गर्ने गरी १ वर्षको समय अवधि राखी रु. २५,०००।–(अक्षरुपी पच्चिस हजार रुपैंया मात्र) १०% (दश प्रतिशत) व्याजदरमा “साना व्यक्तिगत उद्यमशिल ऋण” शिर्षकमा समुहका सबै सदस्यलाई ऋण लगानी गर्न सक्ने गरी ऋण लगानी सुचारु गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १४ उपर छलफल गर्दा यस संस्थामा आवद्ध शेयर सदस्यहरुले मासिक नियमित रुपमा रु.१०००।–(एक हजार रुपैया मात्र) बचत गर्ने गरी वचन नियमित बचत योजना “सदस्य कल्याण बचत” सुचारु गर्ने निर्णय गर्नुका साथै सदस्य कल्याण बचत योजना अन्तर्गत १ वर्षमा कम्तिमा ५०० जना सदस्यहरुलाई सहभागी गराउँने समेत निर्णय गरियो ।

प्रस्ताव नं १५ उपर छलफल गर्दा संस्थामा कार्यरत कर्मचारी बढुवा, पद स्थापना तथा कार्यसम्पादन मूल्याङ्कनबाट उत्कृष्ट कार्मचारी छनोट गर्न संस्थाको पदपुर्ती समितिलाई सम्पूर्ण जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १६ उपर छलफल गर्दा यस संस्थामा आवद्ध शेयर सदस्यहरुको स्वर्गारोहणमा सदस्य राहत उप–समिति मार्फत दुई जना शेयर सदस्यहरुलाई प्रदान गरिएको र गरिने मृत्यु राहत खर्च पारित तथा अनुमोदन गर्ने निर्णय गरियो ।

  • नविन कार्कीका पुजनीय पिता–स्व.रविन्द्र कुमार कार्की
  • अप्सरा भट्टराईको पुजनीय ससुरा बुबा–स्व.कृष्ण प्रसाद खरेल

प्रस्ताव नं १७ उपर छलफल गर्दा यस संस्थामा आवद्ध महिला शेयर सदस्यहरुबाट नवजात शिशूको जन्मउत्सवको उपलक्षमा संस्थाको सदस्य राहत उप–समिति मार्फत दुई जना महिला शेयर सदस्यहरुलाई सुत्केरी पोषण भत्ता प्रदान गर्ने निर्णय गरियो ।

  • शेयर सदस्य – सुनिता तामाङ
  • शेयर सदस्य – सृष्टि थापा क्षेत्री

प्रस्ताव नं १८ उपर छलफल गर्दा यस संस्थामा विगत ५ वर्ष देखि कुनैपनि कारोबार नगरी निष्क्रिय रहेका ६३७ जना शेयर सदस्यहरुको खाता बन्द गरी हाल संस्थामा सक्रिय सदस्य १५०४ जना रहेकोमा खाता बन्द गरेका ६३७ जना शेयर सदस्यबाट शेयर रकम रु.९,७२,५००।– र बचत रकम रु.१६,६०,३५८.१५ गरी जम्मा रकम छब्बिस लाख बत्तिस हजार आठ सय अन्ठाउन्न रुपैंया मात्र) रहेको रकम संस्थाले “सदस्य बचत फिर्ता कोष” स्थापना गरी सोही कोषमा रकमान्तरण गरिदिने निर्णय गरी उक्त निर्णयलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरिने समेत निर्णय गरियो । साथै खाता बन्द भएका सदस्यहरुले शेयर तथा बचत रकम फिर्ता लिन आएमा मिति २०८२।११।१५ गते पछि संस्थाको नियम अनुसार खाता बन्द शूल्क लिइ शेयर तथा बचत रकम सदस्य बचत फिर्ता कोष बाट फिर्ता गरी पुर्ण रुपमा खाता बन्द गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १९ उपर छलफल गर्दा यस संस्थामा लेखा शाखा र कार्यालय सहयोगी पदमा कार्यरत निम्न अनुसार कर्मचारीहरुको निम्न अनुसारको पारिश्रमिक थप गरी मिति २०८२ फाल्गुन महिनाबाट थप गरिएको तलब लागू गर्ने निर्णय गरियो ।

  • प्रमुख संचालन अधिकृत–रु.३५००
  • लेखा सहायक–रु.२५००।–
  • कार्यालय सहयोगी–रु.१०००।–

प्रस्ताव नं. २० उपर छलफल गर्दा यस संस्था लि.ले नव वर्ष २०८३ को भित्ते पात्रो (ऋबभिलमबच) २००० प्रति छपाइ गर्न नियम अनुसारको ३ वटा काटेशन माग गरी सबै भन्दा कम मूल्यको कोटेशनलाई छनोट गरी २००० प्रति भित्ते पात्रो (ऋबभिलमबच) छपाइ गर्ने निर्णय गरियो ।

प्रस्ताब नं २१ उपर छलफल गर्दा संस्थामा २०८२/१०/०५ गते देखि २०८२/११/०१ गते सम्ममा खाता बन्दको निवेदन दिई खाता बन्द गर्नु हुने ७ जना सदस्यहरुको खाता बन्द अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २२ उपर छलफल गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूले मासिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गर्ने निर्णय गरियो । साथै आजको बैठकमा अरु कुनै निर्णय गर्न नपर्ने भएकोले आजको बैठक यही अन्त्य गर्ने निर्णय गरियो ।

आज्ञाले,
मनोहरि तिवारी
सचिव

Click here to get quick call